बेलायतमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणका कारण हरेक दिनजसो नेपालीले ज्यान गुमाइरहेका छन्। लण्डनको वेष्ट ड्राइटनमा ८२ वर्षीय पूर्व गोरखा सैनिक हरिमान तामाङको कोरोनाकै कारण निधन भएको छ।
तामाङसहित कोरोना संक्रमणबाट बेलायतमा मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ। कोरोनाका कारण भूपू गोर्खाहरुको एकपछि अर्को मृत्युको खबरले बेलायतबासी नेपाली स्तब्ध छन्।
पुर्ख्यौली घर धनकुटा हात्तीखर्क १ माकलुंग भएका तामाङ स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका थिए। पारिवारिक स्रोतका अनुसार उनलाई ज्वरो आएको थियो। त्यस अगाडि उनी घरमै बसेर आराम गरिरहेका थिए।
सिकिस्त भएपछि अस्पताल लगिएको पारिवारिक श्रोतले बतायो। अस्पतालले बुधबार साँझ फोनमार्फत तामाङको निधन भएको जानकारी दिएको हो।
मृतक तामाङको विगतमा अरु कुनै स्वास्थ्यसम्बन्धी समस्या थिएन। लन्डनमा श्रीमती र छोरी ज्वाईंसँग बस्दै आएका उनका छोरा अष्ट्रेलियामा छन्।
Shares
प्रतिक्रिया