नौसेना सवार फ्रान्सको दुई सैन्य पानीजहाजमा कोरोनाको संक्रमण देखिएको छ।
दुई पानीजहाजमा सवार रहेका १७ सय ६७ नौसेनामध्ये ६ सय ६८ जनामा कोरोनाको संक्रमण देखिएको हो।
बुधबार फ्रान्स सरकारले दिएको जानकारीअनुसार चाल्र्स डि गाउले पानीजहाज र अर्को युद्धक विमान बोक्ने पानीजहाज आइतबार मात्र टाउलोन आइपुगेको थियो।
पहिले ५० जनामा कोरोना संक्रमण देखिएको थियो। पछि परीक्षणका क्रममा ६ सयभन्दा बढीमा कोरोना देखिएको हो।
पानीजहाजमा कोरोना संक्रमण नदेखिएका पनि हाल क्वारेन्टिनमा छन्।
हालसम्म फ्रान्समा १ लाख ४७ हजार ८६३ कोरोना संक्रमित छन्। त्यहाँ १७ हजार १६७ को मृत्यु भइसकेको छ। सीएनएन
प्रतिक्रिया