गत अगष्ट २५ तारिख पाल्म सिटीमा २७ पर्षका टिमोथी केप्की र २२ वर्षका नोआ ओबर्नले गोहीलाई मदिरा पियाउने प्रयास गरेका थिए।
प्रहरीका अनुसार केप्कीले गोहीलाई पक्रिएका थिए। ओबर्नले बोतलबाट गोहीको मुखमा मदिरा हालिदिएका थिए।
सो क्रममा केप्कीलाई गोहीले टोकेको पनि जनाइएको छ। यसको भिडियो पनि प्रहरीसँग सुरक्षित छ।
अमेरिकामा गोही पाल्नु गैरकानुनी मानिन्छ। उनीहरुकाले कहाँबाट गोही ल्याए भनेर अनुसन्धान भइरहेको छ।
पशु अधिकारकर्मीका अनुसार गोहीलाई मदिरा पियाएर मताउन खोज्नु पशु अधिकारको हनन् हो। डेलीमेल
प्रतिक्रिया