ad ad

राजनीति


सी भ्रमणका एजेण्डाबारे पूर्व प्रधानमन्त्रीसँग छलफल गर्दै ओली

सी भ्रमणका एजेण्डाबारे पूर्व प्रधानमन्त्रीसँग छलफल गर्दै ओली

नेपालखबर
असोज २२, २०७६ बुधबार ११:२१,

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार हुन लागेको भ्रमणको अवसर पारेर सुझावका लागि पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री र राजदूतसहित विज्ञहरुको बैठक डाकेका छन्। बिहीबार बिहान नौ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकिएको हो।

विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग छलफल गर्ने प्रचलनअनुसार प्रधानमन्त्री ओलीले बिहीबार बैठक डाकेको प्रधानमन्त्रीका विदेश मामिलाका सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्र बहादुर चन्दलगायतलाई बैठकमा बोलाइएको छ। चीनका लागि पूर्वराजदूतहरुमा महेश मास्के र टंक कार्कीलाई पनि सो छलफलमा डाकिएको छ। पूर्व राजदूत राजेश्वर आर्चाय भने विदेशमा भएकोले सहभागी नहुने कार्कीले जानकारी दिए।

पूर्व विदेशमन्त्रीहरुमा को को सहभागी हुने छन् भन्ने खुलाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .