अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बुधबार राति अर्जेन्टिना र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ।
खेल नेपाली समयअनुसार आजराति साढे १२ बजे हुनेछ।
आजको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सी उपस्थित हुने छैनन्। मेस्सीसँगै सर्जियो अग्वेरो र एंगल डि मारिया पनि उपस्थित नहुने जनाइएको छ।
जर्मनी चारपटकको विश्वकप विजेता हो भने अर्जेन्टिना दुईपटकको विश्वकप विजेता हो।
सन् २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना र जर्मनबीच प्रतिस्पर्धा हुँदा खेल जर्मनीले १–० ले जितेको थियो। एजेन्सी
प्रतिक्रिया