ad ad

कला


डिभोर्सपछि ढकालले भनेः सँगै छौँ, हाँसीखुसी छौँ, श्रीमतीलाई गाली नगरिदिनुहोस्

डिभोर्सपछि ढकालले भनेः सँगै छौँ, हाँसीखुसी छौँ, श्रीमतीलाई गाली नगरिदिनुहोस्

नेपालखबर
पुस १०, २०७६ बिहिबार १०:५९,

चर्चित गायक रामकृष्ण ढकालले श्रीमती नलिम शाह ढकालसँगको सम्बन्ध बिच्छेदलाई लिएर उनलाई गाली नगर्न आग्रह गरेका छन्।

बुधबार काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको सहमिति गरेका ढकालले त्यसको भोलिपल्ट बिहीबार सामाजिक सञ्जालमा भने आफूँहरु सँगै रहेको र हाँसीखुसी रहेको प्रतिक्रिया दिएका छन्।

‘आज म जे छु, त्यो सबै तपाईं सम्पुर्ण दर्शक÷श्रोताका कारण छु। तर, नेपाली गीतसंगीत क्षेत्रमा मलाई अनवरतरुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन्’, सामाजिक सञ्जाल फेसबुकमा गायक ढकालले लेखेका छन्, ‘हामी सँधै झैँ हाँसीखुसी परिवारमा सँगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।’

उनले आफूहरुको समन्ध विच्छेदपछि आएका प्रतिक्रिया र आफ्नो पारिवारिक विषयलाई विषयलाई समचार बनाएको विषयले आलोचक र प्रशंसकबारे जानकारी पाएको बताएका छन्। आफूले कसित प्रशंसक कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा नगरेको र आप्ठ्यारोमा आएर त्यसको परीक्षण भएको उनको भनाइ छ।

उनले सामाजिक सञ्जाल र सम्बन्ध विच्छेदका समाचार पारिवारको आत्मसम्मान विपरीत भएको भन्दै त्यस्ता नकारात्मक टिप्पणी नगरिदिन आग्रह समेत गरेका छन्।

‘मेरी श्रीमती निलमलाई जोडेर एक महिलाप्रतिको न्युनतम् सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित, भ्रामक, अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु’, सामाजिक सञजाल फेसबुकमा ढकालले लेखेका छन्, ‘सार्वजनिक चासोको विषय बन्दाबन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय हुन्छन् जुन नितान्त व्यक्तिगत हुन्छन्। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो।’

उनले आफूलाई माया गर्ने दर्शक स्रोताजस्तै गीतसंगीत क्षेत्रमा लागिरहन श्रीमती निलमले सधैं प्रेरण दिएको बताएका छन्।

ढकाल दाम्पतीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि निवेदन दिएका थिए। न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्ध विच्छेदको निर्णय सुनाएको जिल्ला अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।

‘गायक ढकाल र उहाँकी पत्नीबीच सम्बन्ध विच्छेद भएको छ’, नेपालखबरसँग कुरा गर्दै श्रेष्तेदार श्रेष्ठले भने, ‘श्रीमतीले अंश नलिने, छोरी आमाको जिम्मामा रहने र बाबुलाई बेलाबेलामा भेटन दिने शर्तमा सम्बन्ध विच्छेदको सहमति भएको हो।’

उनीहरुको सम्बन्ध विच्छेदलाई लिएर सामाजिक सञ्जालमा पत्नी निलम शहप्रति नकारात्मक टिप्पणी आउन थालेपछि ढकालले सामाजिक सञ्जालमार्फत आफूहरु सँगै रहेको प्रतिक्रिया दिएका हुन्।

उनीहरुको सम्बन्ध विच्छेदलाई लिएर कतिपयले सहकारीले घर लिलाम गर्न थालेपछि चालेको चाल र कतिपयले सम्पति सकिएपछि श्रीमतीले ढकाललाई छाडेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .