ad ad

राजनीति


राजनीतिक तुष्टिकरणका कारण एमसीसीमा बहस भइरहेको हो : सरकारका प्रवक्ता

राजनीतिक तुष्टिकरणका कारण एमसीसीमा बहस भइरहेको हो : सरकारका प्रवक्ता

नेपालखबर
पुस १०, २०७६ बिहिबार १०:५९,

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेको बहस राजनीतिक तुष्टिकरणका कारण भइरहेको बताएका छन्। उनले एमसीसी सम्झौता अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग नजोडिने दोहोर्याए।

‘केही राजनीतिक तुष्टिकरण होला, कसैलाई प्रष्टिकरण दिनुपर्ने होला, त्यसैले याे एमसीसीबारे अहिले बहस भइरहेको हो,’ बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा भने। ‘त्याे सम्झाैता सबैले हेर्न सकिन्छ। नेपाल अमेरिकी रणनीतिको सैन्य साझेदार हुनुपर्ने बुँदा त्यहाँ कतै छ र?’

उनले एमसीसी अन्तर्गत आउने ५०० मिलियन डलर अनुदान सडक स्तरोन्नती र विद्युत प्रसारण लाइन बनाउने लगायतका विकाससम्बन्धी सहयोगका लागि आउने र त्यो अमेरिकाका अन्य कुनै रणनीतिसँग नजोडिने दाबी गरे ।

‘त्यो सम्झौतामा न त कुनै सैन्य रणनीतिसम्बन्धी बुँदा छ न त हामीले तिमीहरुकाे अरु इन्ट्रेष्टहरु के हुन् भनेर सोधेका छौं,’ उनले भने। एमसीसीबारे जारी बहस अनावश्यकरुपमा गरिएको उनको दाबी थियो।

एमसीसी सहयोग लिनेबारे सत्तारुढ दल नेकपा नै तीब्ररुपमा विभाजित छ। सो पार्टीका केही स्थायी समिति सदस्यलगायत नेताहरुले यो सहयोग अमेरिकी सैन्य रणनीतिसँग पनि जोडिएकोले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने नेपालले लिन नहुने भनि विरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .