रुपन्देहीमा जबर्जस्ती करणी गरी फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन्।
२०७३ सालमा रुपन्देहीको रुद्रपुरमा एक महिलालाई जबरजस्ती करणी गरि फरार भएका जेसी भन्ने जीवन चौधरीलाई इलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको हो।
रातको समयमा कोही नभएको मौका छोपी महिलालाई घरभित्रै विभिन्न धम्की र यातना दिई जबर्जस्ती करणी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। उजुरी लगत्तै पक्राउ परेका चौधरीलाई जिल्ला अदालतले तारेखमा छाडेको थियो।
उच्च अदालत बुटवलको इजलासको २०७३ भाद्र ८ गतेको फैसलाले ५ वर्ष कैद हुने ठहर गरेको थियो। उच्च अदालतको फैसलापछि हालसम्म देश विदेशका विभिन्न स्थानमा लुकिछिपी बसेका थिए।
खोजतलास गरी पक्राउ गरेसँगै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशले कारागार चलान गरिएको रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।
Shares
प्रतिक्रिया