बलात्कार आरोपमा जेल जीवन बिताइरहेकालाई छुटाइदिने भन्दै एकजना युवक ५ लाख रुपैयाँ ठगेको आरोपमा पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको हेलम्बु-२ घर भई बौद्ध बस्ने ३७ वर्षीय दावा दोर्जे लामालाई शनिबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
लामाले जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार कर्यालय जगन्नाथ देवलमामा रहेका एकजना कैदीलाई छुटाइदिने भन्दै ५ लाख रुपैयाँ लिएको खुलेको छ।
उनले उक्त रकम वकिल र अदालतलाई मिलाउन चाहिन्छ भनेर पटक पटक गरेर लिएको खुलेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् एसपी मिलन केसीले लामालाई पक्राउ गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको जानकारी दिए।
177
Shares
प्रतिक्रिया