विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनो सामाजिक सञ्जाल इन्स्टाग्राममा जोडिने पहिलो प्रमुख बनेका छन्।
सामाजिक सञ्जालमा जोडिएको २४ घण्टामा नै उनले ३ लाख लाइक र ३.५ मिलियन भ्युज पाएका छन्।
फिफा अध्यक्ष इन्फान्टिनोले भने, ‘म धेरै खुसी छु की पहिलो अध्यक्षको रुपमा १० लाखभन्दा बढी फुटबल समर्थक भएको प्लेटफर्ममा जोडिएँ।’
उनले थपे, ‘यसमा फिफा विश्वकपको बारेमा र मेरो अनुभवहरु शेयर गर्नेछु। फुटबलले विश्वलाई नै एक बनाएको छ। त्यसैले म तवाइसँग जोडिन चाहो। फिफाले के गरिरहेको छ र के गुर्नपर्छ भनेर हामीले आफ्ना कुराहरु शेयर गर्न पाउनेछौँ।’
यो समाचार तयार पार्दासम्म उनको ५८ हजार फलोअर्स छन् भने उनले १७१ जनालाई फलो गरेका छन्। जसमा फुटबल संघहरु, वर्तामान र पुर्व खेलाडी तथा पब्लिक फिगहरु छन्।
Shares
प्रतिक्रिया