अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेस्सीले जर्मनीका लोथार मथाउसको विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबर गरेका छन्।
पाँचौ विश्वकप खेलिरहेका मेस्सीले कतार विश्वकप अन्तर्गत पहिलो सेमिफाइलनमा क्रोएशियाविरुद्ध यो सफलता प्राप्त गरेका हुन्। मेस्सीको विश्वकपमा यो २५ औँ खेल हो।
यसअघि विश्वकपमा जर्मनीका लोथार सर्वाधिक खेल खेल्ने एक्ला खेलाडी थिए। मेस्सीले अब तेस्रो स्थान वा फाइनल खेल खेले सर्वाधिक खेल खेल्ने पहिलो खेलाडी बन्नेछन्।
लगातार पाँच विश्वकप खेल्ने मेस्सी छैटौँ खेलाडी हुन्। यसअघि एन्थोनी पाँच वटा विश्वकप खेल्ने मेस्सी छैटौं खेलाडी हुन्। यसअघि एन्टोनियो कार्बजल, लोथर मथाउस, राफ मार्केज, एन्डेस गार्डाडो र क्रिस्टियानो रोनाल्डोले पाँच विश्वकप खेलेका छन्।
पाँच विश्वकप खेलेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २२ खेल खेलेका छन्।
Shares
प्रतिक्रिया