ad ad

खेल


एएफसी यू–२० एसियन कप : पहिलो खेलमा कम्बोडियासँग नेपालको हार

एएफसी यू–२० एसियन कप : पहिलो खेलमा कम्बोडियासँग नेपालको हार

नेपालखबर
असोज ५, २०८१ शनिबार १९:६, काठमाडौँ

एएफसी यू–२० एसियन कप २०२५ छनोटको पहिलो खेलमा नेपाली युवा टोलीले कम्बोडियासँग हार व्यहोरेको छ। शनिबार चाइनिज ताइपेईमा भएको खेलमा नेपाल कम्बोडियासँग ४–१ को फराकिलो हार व्यहोरेको हो। 

खेलको तेस्रो मिनेटमा नै भ्रेक फानको गोलमा नेपाल कम्बोडियासँग १–० ले पछि परेको थियो। 

पहिलो हाफको सातौँ मिनेटमा नै नेपालले दोस्रो गोल खान पुग्यो। नेपालका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई फोयुक थाथायीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। 

पहिलो हाफको इन्ज्युरी समयमा समिर तामाङले गरेको गोल नेपालका लागि शान्त्वना बन्न पुग्यो। 

खेलको ६१औं मिनेटमा मिन चानरिथको गोलमा कम्बोडियाले नेपालविरुद्धको अग्रता फराकिलो पार्यो। खेलको ८३ औँ मिनेठमा इएभ सोभानाराको गोलमा कम्बोडियाले ४–१ को जित दर्ता गर्‍यो। 

छनोटमा नेपाल समूह बी मा रहेको छ। समूह बी मा नेपालसँगै उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया रहेको छ। 

सन् २०२५ मा हुने एएफसी यु–२० एसियन कप छनोटमा ४५ राष्ट्रको सहभागी छन्। यी टोलीलाई १० समूहमा विभाजन गरिएको छ। १० समूहको विजेता र ५ उत्कृष्ट उपविजेताले यु–२० एसियन कपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .