ad ad

ग्लोबल


मुख्यमन्त्रीको शपथ खाएपछि आतिशीले छोइन् केजरीवालको खुट्टा

मुख्यमन्त्रीको शपथ खाएपछि आतिशीले छोइन् केजरीवालको खुट्टा

मुख्यमन्त्रीको शपथ खाइसकेपछि आफ्नो पार्टी (आम आदमी पार्टी) का संयोजक केजरीवालको खुट्टा छोएर आशीर्वाद लिँदै आतिशी।


नेपालखबर
असोज ५, २०८१ शनिबार १९:१२, काठमाडौँ

दिल्ली सरकारको नेतृत्व आज (सेप्टेम्बर २१) देखि आतिशीको हातमा आइसकेको छ। आतिशीले आज दिल्लीको तेस्रो महिला मुख्यमन्त्रीका रूपमा शपथ खाएकी हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको केन्द्रीय राजधानीमा मुख्यमन्त्रीको पद सम्हाल्ने तीन महिला मुख्यमन्त्रीमध्ये उनी सबैभन्दा कम उमेरकी महिला मुख्यमन्त्री बनेकी छन्। आतिशीलाई दिल्लीको आठौँ मुख्यमन्त्रीको रूपमा लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले शपथ खुवाएका हुन्। 

आतिशी मुख्यमन्त्रीको शपथ खान नीलो साडी लगाएर राजनिवास पुगेकी थिइन्। आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पनि उनीसँगै राजभवन पुगेका थिए। केजरीवाल पनि नीलो सर्टमा देखिएका थिए। शपथ खाएपछि आतिशीले केजरीवालको खुट्टा छोएर आशीर्वाद लिएकी थिइन्। यस कार्यक्रमअघि आतिशी केजरीवाललाई भेट्न मुख्यमन्त्रीको निवास पुगेकी थिइन्।

आतिशीको नयाँ मन्त्रिपरिषद्‌मा सौरभ भारद्वाज, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र मुकेश अहलावतले पनि आज मन्त्रीको शपथ खाएका छन्। 

दिल्लीको मदिरा नीतिमा भ्रष्टाचार गरेको मुद्दामा तिहाड जेलमा रहेका केजरीवाल हालै धरौटीमा रिहा भएका थिए। त्यसलगत्तै उनले मुख्यमन्त्रीबाट राजीनामा दिँदै पार्टी नेतृ तथा सांसद आतिशीलाई मुख्यमन्त्री बनाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .