कतार विश्वकप २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै छ।
यो खेलमा अर्जेन्टिनाका लियोनेल मेस्सी र क्रोएसियाका लुका मोड्रिचको विषयमा चर्चा भइरहेका छन्। तर, यी दुवै टोलीका गोलरक्षकको भूमिका यी दुवै टोलीलाई सेमिफाइनलमा पुर्याउन उत्तिकै महत्वपूर्ण छ।
यो चरणसम्म पुग्दा अर्जेन्टिनाका इमिलियानो मार्टिनेज र क्रोएसियाका डोमिनिक लिभाकोभिक आफ्नो टोलीको लागि ‘हिरो’ बनेका छन्।
यी दुवै गोलकिपरले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। जसको सहयोगमा यी दुवै टोली सेमिफाइनलमा आइपुगेका हुन्।
क्रोएसियाका २७ वर्षीय लिभाकोभिकले विश्व फुटबलको ठूलो प्रतियोगिताको अहिलेसम्मका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई साबित गरेका छन्। उनले क्वार्टरफाइनलमा ब्राजिलविरुद्ध गरेको प्रदर्शन भने हेर्नलायक थियो।
उनले यो खेलमा गोल पोस्टमा गरिएका ११ राम्रा प्रहार रोकेका थिए। यससँगै मुलुकमा गुमनाम लिभाकोभिक पाँच दिनमा नै राष्ट्रिय चर्चाको विषय बन्न सफल भएका छन्। उनले ब्राजिलसँगको खेलमा एक पेनाल्टी सुटआउट रोकेका थिए।
यसअघि अन्तिम १६ को खेलमा पनि क्रोएसिया जापानलाई स्तब्ध पार्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। क्रोएसियाले विश्वकपमा अहिलेसम्म कुनै पनि पेनाल्टीसुटआउट हारेको छैन। यस्तो अवस्थामा अर्जेन्टिनाको खेलमा उनी पुनः नायक बन्न सक्छन्।
अर्जेन्टिनाका इमिलियानो मार्टिनेज पनि यो विश्वकपमा लयमा देखिएका छन्। यसअघि कोपा अमेरिकाको सेमिफाइनल खेलमा मार्टिनेजले कोलम्बियाको तीन पेनाल्टी रोकेका थिए।
त्यसपछि उनको चर्चा चुलिएको थियो। यस्तोमा अर्जेन्टिनासँगको खेलमा पनि यी दुई गोलकिपरको भूमिका महत्वपूर्ण हुन सक्छ।
Shares
प्रतिक्रिया