आर्सनलका ताकेहिरो तोमिसाउ र ब्राइटनका काउओरु मितोमालाई समेट्दै जापानले फिफा विश्वकपका लागि टोली घोषणा गरेको छ।
जापानिज टोलीमा सेल्टिकका डेजेन माइदा, क्योगो फरुहासी र रियो हाती भने टोली बाहिर छन्। हडर्सफिल्डका डिफेन्डर युटा नाकायामा प्रारम्भिक टोलीमा परे पनि चोटका कारण उनी बाहिरिएका छन्। नाकायामाले सिजनको बाँकी खेल गुमाउनेछन्।
जापानी टोलीका मुख्य प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपको प्रतिक्षामा रहेका सबै खेलाडीलाई बोलाउन नसकेको बताउँदै देशको प्रतिनिधित्व गर्न चाहने सबैलाई धन्यवाद दिएका छन्। जापानी टोलीमा युरोपमा खेल्ने १९ खेलाडी छन्।
समूह ई मा रहेको जापानले जर्मन, कोस्टारिका र स्पेनसँग खेल्नेछ।
जापानको टोली :
गोलरोक्षक : शुची गोन्डा (शिमिजु एस–पल्स), डेनियल स्मिट (सिन्ट–ट्रुइडेन), इजी कावाशिमा (स्ट्रासबर्ग)
डिफेन्डर : मिकी यामाने (कावासाकी फ्रन्टेल), हिरोकी साकाई (उरावा रेड्स), माया योशिदा (शाल्के), ताकेहिरो टोमियासु (आर्सनल), शोगो तानिगुची (कावासाकी फ्रन्टेल), को इटाकुरा (बोरुसिया मोन्चेनग्लाडबाच), हिरोकी इटो (स्टुगार्ट), युटोटगा (एफसी टोकियो)
मिडफिल्डर : वाटारु एन्डो (स्टटगार्ट), हिदेमासा मोरिता (स्पोर्टिङ सीपी), आओ तनाका (फोर्टुना डसेलडोर्फ), गाकु शिबासाकी (लेगानेस), काओरु मितोमा (ब्राइटन), दाइची कामडा (इनट्राक्ट फ्रैंकफर्ट), रित्सु डोआन (फ्रेइबर्ग), जुन्या आइबर्ग। रेम्स), ताकुमी मिनामिनो (मोनाको), टेकफुसा कुबो (रियल सोसिडाड), युकी सोमा (नागोया ग्राम्पस)
फरवार्ड : डेजेन मेडा (सेल्टिक), ताकुमा असानो (बोचम), अयासे उएडा (सर्कल ब्रुग्स)
प्रतिक्रिया