अन्तिम मिनेटमा सम्हालिन नसक्दा क्रिस्टियानो रोनाल्डोको टोली यूभन्टसले एट्लेटि्को म्याड्रिडसँग २-२ को बराबरी खेले हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चारवटै खेल दोस्रो हाफमा भएको थियो। दुई गोलले पछि परेपनि एट्लेटिकोले सानदान पूनरागमन गर्दै खेल बराबरीमा टुंग्याएको थियो।
सम्बन्धित समाचार: अप्सरी अठोट: अब निर्धक्क क्रिकेट खेल्छु
जुवान कोर्डाडोले गोन्जलो हुगुआइनको पासमा ४८औं मिनेटमा यूभेन्ट्सलाई अग्रता दिलाएका थिए। ६५औं मिनेटमा ब्लेइस म्याथुडीले यूभेन्ट्सको अग्रता दोब्बर पारे।
७०औं मिनेटमा स्टेफन सेभिकले राहुल जिमिनेजको पासमा खेललाई २–१ को स्थितिमा ल्याए भने अन्तिम मिनेटमा हेक्टर हेरेराले केइरन ट्रिपिएरको पासमा बराबरी गोल फर्काए।
रोनाल्डोले पूरा समय मैदानमा विताएपनि गोल गर्न सकेनन्। तर उनका पटक पटकका प्रयास असफल भएका थिए।
इञ्जुरी समयमा उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। पहिलो हाफको अन्त्यमा उनले ६ यार्ड नजिकैबाट गरेको हेडिङलाई विपक्षी गोलरक्षकले समातेका थिए। यस्तै २२औं मिनेटमा उनको प्रहार गोलरक्षकले समातेका थिए।
Shares
प्रतिक्रिया