कराते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी छिन्।
चीनमा आइतबार भएको ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनसँग ६–० ले पराजित हुँदै एरिका रजत पदकमा सिमित बन्न पुगिन्।
एरिकाले यसअघि गत वर्ष चीनको हाङझाओमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन्।
एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो।
शुक्रबार भएको खेलमा तीन वाउट जित्दै एरिका फाइनलमा पुगेकी थिइन्।
एरिकाले प्रि–क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–०ले तथा क्वार्टरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभालाई हराएकी थिइन्।
सेमिफाइनलमा थाइल्यान्डकी केवलिन सोङगलिनलाई ८–० ले हराउँदै एरिकाले फाइनलमा स्थान बनाएकी थिइन्।
48
Shares
प्रतिक्रिया