ad ad

खेल


एमबाप्पेको गोलमा रियल मड्रिडको सानदार जित

एमबाप्पेको गोलमा रियल मड्रिडको सानदार जित

नेपालखबर
असोज ६, २०८१ आइतबार ७:७, काठमाडौँ

केलियन एमबाप्पेले स्पेनिस ला लिगाको तीन खेलमा चौथो गोल गरेपछि रियल मड्रिडले इस्पानियोलमाथि सानदार जित दर्ता गरेको छ। 

शनिबार राति भएको खेलमा रियलले इस्पानियोलमाथि ४–१ को फराकिलो जित हात पारेको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको हो। 

खेलको ५४ औँ मिनेटमा जोफ्रे क्यारेरासको क्रसमा थिबाउट कोर्टोइसको आत्मघाति गोलमा इस्पानियोलले सुरुवाती अग्रता थियो। यद्यपी यो अग्रता चार मिनेट मात्र टिक्न सक्यो।

यद्यपी खेलको ५८ औँ मिनेटमा ड्यानी कार्भाजलले गोल गर्दै रियललाई बराबरीमा ल्याए। खेलको ७५ औँ मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए। 

७८ औँ मिनेटमा केलियन एमवाप्पेको पासमा भिनिसियस जुनियरको गोलमा रियल ३–१ को स्थितीमा पुग्यो। 

खेलको अन्तिम मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै रियललाई ४–१ को फराकिलो जित दर्ता गराए। 

ला लिगाको ६ मध्य चारमा खेलमा जित निकालेको रियल १४ अंकमा तालिकाको दोस्रो स्थानमा छ।  

रियलभन्दा एक खेल कम खेलेको बार्सिलोना ५ खेलमा १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट एथलेटिको मड्रिड ११ अंकमा तालिकाको तेस्रो स्थानमा छ। 

गएराति नै भएको अन्य खेलमा भ्यालेन्सियाले जिरोनालाई २–० ले पाखा लगाएको छ। ओसासुनाले लस पालमासलाई २–१ ले हराउँदा रियल भल्लाडोलिड र रियल सोसिडाडले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .