ad ad

खेल


स्ट्याग ग्लोबल च्याम्पियन लिग-२ असोज ७ देखि १२ गतेसम्म हुने, पुरस्कार कति?

स्ट्याग ग्लोबल च्याम्पियन लिग-२ असोज ७ देखि १२ गतेसम्म हुने, पुरस्कार कति?

नेपालखबर
असोज ६, २०८१ आइतबार १५:०, काठमाडौँ

‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन टु’ यही असोज ७ देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। 

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता हुने भएको हो। 

एकेडेमीकी प्रबन्धनिर्देशक नबिता श्रेष्ठका अनुसार प्रतियोगिताको मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरमा स्टयाग गोल्बल प्रा.लि., इंडिया रहेको छ। जसले प्रतियोगितालाई आवश्यकता पर्ने टेबल टेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किट, आदि सम्पूर्ण सामग्रीहरु प्रदान गर्नेछ।

सह–प्रायोजकमा समाजसेवी तथा अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गी र मेटल सेपर रहेका छन् जसले प्रतियोगिताको कुल अनुमानित बजेटको २०% रकम (तीन लाख एकान्नब्बे हजार रुपैंया) प्रदान गर्नेछन्। 

साथै मेटल सेपरले प्रतियोगिताको रनिङ्ग ट्रफी समेत प्रदान गर्नेछ। हस्पिटालिटी पार्टनरमा नेपाली घर होटल, ठमेल रहेको छ जसले प्रतियोगितामा सहभागी सम्पूर्ण विदेशी खेलाडीहरुको खानपिन र बसोबासको व्यवस्थापन गर्नेछ। ब्रोडकास्टिङ पार्टनरको रुपमा एक्सन स्पोर्टस एचडी१ र स्ट्रिम लिग छ भने इंटरनेट पार्टनरको रुपमा डिशहोम इन्टरनेट छ। 

छ दिनसम्म चल्ने यस मिक्स टिम लिग प्रतियोगितामा दुई विभागीय टोली (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) सहित ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब, यल टेबल टेनिस, होप्स टेबल टेनिस एकेडेमी, रेड टाइल्स र आयोजक स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरी जम्मा ७ टिमले सहभागिता जनाउनेछन्। लिगमा सहभागी हुने आयोजक एकेडेमीसहित नेपाल प्रहरी र यल टेबल टेनिसले एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध गरेका छन्।

प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५५ हजार रुपैंया रहेको छ । यस प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख रुपैयाँसहित रनिङ्ग ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् र तृतीय हुने (दुवै सेमी–फाइनलिस्ट) टिमले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .