ad ad

छापा खबर


स्थानीय तहमा चरम बेथितिः जनप्रतिनिधिले नगद बुझे, तर सुट लिलामीमा !

स्थानीय तहमा चरम बेथितिः जनप्रतिनिधिले नगद बुझे, तर सुट लिलामीमा !

नेपालखबर
असोज २, २०७६ बिहिबार १:१७,

सिरहाको कर्जन्हा नगरपालिकाले ५९ जनप्रतिनिधि र मेयरका चालकलाई सुट हाल्न १०–१० हजार बाँडेको छ ।

बैंक खातामा निकासा गरिएको रकम जनप्रतिनिधिले अन्तै मासेपछि सुट पाँच महिनादेखि मिर्चैया बजारस्थित सनलाइट टेलरको ह्यांगरमै थन्किएका खबर आजको नयाँ पत्रिका दैनिकमा सिरहाबाट सुरेन्द्रकुमार कामतीले लेखेका छन्।

दसैँसम्म नआए सस्तो दररेटमा बेच्ने भन्दै सञ्चालक विश्वेश्वर मण्डलले सामाजिक सञ्जालमै सुट लिलामीमा चढाएका छन् । उनले तत्कालको मूल्य एउटा सुटको ६ हजार तोकेका छन् ।

सुट सिलाउन उधारोमा कपडा दिने गुरुशरण साधुशरण वस्त्रालयका मालिक लक्ष्मण साह भने पैसा फस्ने चिन्तामा छन् ।

उनका अनुसार नगरपालिकाले ३६ पुरुष जनप्रतिनिधि र मेयरका चालकका लागि कोट, पाइन्ट र सर्टको कपडा तथा २३ महिला जनप्रतिनिधिका लागि कोटको कपडा उधारोमा लगेको छ । सुटको कपडा डोनियर ब्रान्डको हो ।

मेयर गंगा पासमानको वचन हार्न नसकेर उधारो दिएको उनले बताए । उधारो रकमबारे भने उनी बोल्न चाहँदैनन् ।

कपडा उधारो लिएका मेयर पासमानले सनलाइट टेलरलाई प्रत्येक सुटको पाँच हजार र महिलाको कोट सिलाएको ३५ सय ज्याला दिने गरी सिलाइको जिम्मा दिएका थिए ।

तर, सुट तयार गरिएको पाँच महिना बित्दा पनि अधिकांश जनप्रतिनिधि लिन नआएपछि मण्डलले फेसबुकमार्फत लिलामीमा बेच्ने सूचना सार्वजनिक गरेका छन् ।

पसलको ह्यांगरमा झुन्ड्याइएका कोटमा सम्बन्धित जनप्रतिनिधिको नामसहितको ट्याग लगाइएको छ । दसैंसम्म लिन आएनन् भने बढीभन्दा बढी जति पैसा पाइन्छ त्यतिमा क्रमशः बेच्दै गएर आफ्नो रकम उठाउने मण्डलले बताए ।

मेयरसहित पाँच जनाले लगे, ३५ जनाको सुट अझै सिलाइ सेन्टरमै
पुरुष जनप्रतिनिधिका लागि कोट, पाइन्ट र सर्ट तथा महिला जनप्रतिनिधिका लागि कोट, सारी र ब्लाउज दिने निर्णय गरेर मेयर गंगा पासमानकै अग्रसरतामा गत चैतमा जनप्रतिनिधिको सुटका लागि कपडा खरिद गरिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .