ad ad

छापा खबर


सन्नी लियोनीमाथि युट्युबरको हमला

सन्नी लियोनीमाथि युट्युबरको हमला

नेपालखबर
असोज २, २०७६ बिहिबार १:४७,

आफ्नो आइटम गीत रहेको नेपाली फिल्मको प्रमोसनका लागि नेपाल आएकी बलिउड अभिनेत्री सन्नी लियोनी नमिठो अनुभव लिएर स्वदेश फर्किइन्।

नेपाली फिल्म ‘पासवर्ड’को प्रमोसनका लागि सन्नी गत बिहीबार काठमाडौँ आएकी थिइन्।

युट्युबरको अभद्र व्यवहारका कारण उनी विमानस्थलमा उत्रएदेखि नै माहोल उत्साहजकन हुन सकेन।

सन्नीको भिडियो क्याप्चर गर्न विमानस्थल पुगेका युट्युबरको भीड थामिनसक्नु थियो।

ठेलमठेलबीच आयोजकले दिल खोलेर स्वागत गर्न समेत सकेनन्। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

बडिगार्ड र आयोजकले प्लिज यस्तो नगर्नुस् भनेर आग्रह गरिरहे। तर, सन्नीको भिडियो आफ्नो युट्युबमा हाल्दा आउनसक्ने भ्युज र भ्युजको क्याल्कुलेशनले ल्याउने डलरको मोहमा परेका युट्युबरले आग्रह के सुन्थे।

उनीहरु ठेलमठेलमै सक्रिय भइरहे। चलचित्र पासवर्डमा सन्नीको जादु पनि चल्ने लक्षण देखिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .