ad ad

खेल


त्रिशूलीको भेलमा ‘तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर’

त्रिशूलीको भेलमा ‘तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर’

नेपालखबर
असोज १, २०७६ बुधबार १२:३८,

 प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर प्रतियोगितामा २०७६ मा त्रिभुवन आर्मी क्लबको ‘ए’ टोली प्रथम भएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रथम हुने टोलीलाई बुधबार धादिङमा आयोजित समारोहमा एक लाख नगद र शिल्ड प्रदान गरे। वैरेनीदेखि चरौँदीसम्म कूल ४३.७ किलोमिटर क्षेत्रमा सञ्चालन भएको उक्त प्रतियोगितामा ६.७ किमी दौड, २६ किमी साइकल र ११ किमी ¥याफ्टिङ कायम गरिएको थियो।

नेपाल भ्रमण २०२० लाई सफल तुलाउन सघाउ पु¥याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता दुई घण्टा २० मिनेटमा दूरी पार गरेर त्रिभुवन आर्मी क्लब पहिलो भएको हो। प्रतियोगितामा दोस्रो र तेस्रो हुने भारतीय सेनाको ‘ए’ र ‘बी’ टोलीलाई क्रमशः एक लाख र ७५ हजार तथा प्रमणपत्र प्रदान गरियो।

सिमसिमे पानी परेर हिलाम्य उकालो र ओरालो बाटो दौडेर पार गरेपछि साइकल चलाएर दौडिएका कैयौँ प्रतियोगीले २६ किलोमिटर चिप्लो र हिलो सडक पार गर्न हम्मेहम्मे परेको थियो। साइकल यात्रा पूरा गरेसँगै त्रिशूलीको उर्लंदो भेलमा ११ किलोमिटर ¥याफ्टिङ चलाएर प्रतियोगी चरौँदी पुगेका थिए।

झमझम पानी परेको र वरिपरिको डाँडाकाँडा र हरियालीका बीचमा रहेको त्रिशूलीमा हतारहतारमा ¥याफ्टिङ चलाउन पाएपछि दौड र साइकलका बेला झेल्नु परेको सबै दुःख बिर्सिएर निकै आनन्दको महसुस गरिएको महिला प्रतियोगी जमुना थापाले बताइन्।

प्रतियोगितामा महिलाको तीन टोलीले प्रतिस्पर्धा गरेकामा सफल महिलाको राष्ट्रिय ट्राइथलन टोलीलाई ५० हजार नगद प्रदान गरियो। महिलातर्फ दोस्रो हुने प्याडल्स नेपाल टोली ‘पी’ लाई ३० हजार नगद र प्रमाणपत्र प्रदान गरियो।

पाँच विदेशीसहित प्रतियोगितामा १५ टोलीले प्रतिस्पर्धा गरेका थिए। भारतीय सेनाका दुई र बंगलादेश, श्रीलंका, माल्दिभ्सका एक–एक टोलीले प्रतियोगितामा भाग लिएका थिए। माल्दिभ्स र भारतले पहिलो पटक सहभागिता हुन भने पाकिस्तानबाट ‘अब्जरभर’का रुपमा एक जनाको सहभागिता थियो। प्रतियोगिताको ‘बेष्ट इन्टरनेसनल अवार्ड’ भारतीय टोलीलाई प्रदान गरियो।

नेपाली सेनाको दुई टोलीले भाग लिएकामा अर्को टोलीले चौथो स्थान प्राप्त गरेको थियो। नेपाली सेनाबाहेक अन्य विभागीय टोलीले यो प्रतिस्पर्धामा भाग लिएका थिएनन्। नेपाली सेनाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन विभिन्न देशका सैनिकको सहभागितामा मुलुकका विभिन्न भागमा लिगलिगे दौडदेखि सगरमाथा आरोहणसम्मका प्रतियोगिता राखेको छ। सहभागी प्रतियोगिहरुलाई बलाधिकृत रथी शरद गिरीले पदक तथा प्रमाणपत्र प्रदान गरे भने बलाध्यक्ष रथी गौरव तण्डुलले आयोजकलाई कदरपत्र प्रदान गरेका थिए।

विसं २०७१ देखि स्वदेशी टोलीको सहभागितामा राष्ट्रियस्तरमा सञ्चालन हुँदै आएको सो प्रतियोगितामा २०७४ बाट विदेशी सैनिक टोलीको समेत सहभागिता रहँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .