ad ad

कारोबार


उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त

नेपालखबर
असोज १, २०७६ बुधबार १२:३४,

नेपाल उद्योग वाणिज्य महासंघको रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडालाई नियुक्त गरिएको छ। नवनियुक्त महानिर्देशक खतिवडाले आजै पदबहाली गरेका छन्।

नेपाल सरकारका विभिन्न निकायहरूमा नेतृत्वदायी पदमा रही काम गरेका महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका थिए। खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरी महासंघ सचिवालयलाई नेतृत्व दिएका थिए।

पदवहाली पश्चात महासंघमा कार्यरत कर्मचारीहरुलाई सम्वोधन गर्दै महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय अन्तराष्ट्रिय रूपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरूबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। महानिर्देशक खतिवडाले महासंघप्रति यसका सदस्य संघरसंस्थाहरूको धेरै अपेक्षा रहेको र ती अपेक्षाहरूलाई पुरा गर्ने तर्फ सधै सचेत र सक्रिय रहनु पर्नेमा जोड दिए।

पदवहाली कार्यक्रममा महासंघका उपमहानिर्देशक, निर्देशक, उपनिर्देशक, सहायक निर्देशक, महासंघ अन्तर्गत संचालित परियोजनाका प्रमुखहरू लगायतका महासंघका कर्मचारीको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .