ad ad

राजनीति


एनसेल प्रकरणको संसद्ले छानबिन गर्नुपर्छ: अध्यक्ष थापा

एनसेल प्रकरणको संसद्ले छानबिन गर्नुपर्छ: अध्यक्ष थापा

नेपालखबर
असोज १, २०७६ बुधबार १२:२९,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो नोक्सान पुर्याएकाले संसद्ले छानबिन गर्नुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष थापाले देशमा ठूला भ्रष्टाचार काण्डलाई संसद्ले छानबिन गर्न सक्ने बताउँदै कार्यपालिका र न्यायपालिकाले न्याय दिन उदासिन भएको अवस्थामा अव संसदमाथि आशा र भरोसा गर्नुपर्नेमा जोड दिए।

उक्त प्रकरण ठूलो भ्रष्टाचारको काण्ड भएको बताउँदै उनले उक्त काण्डमा रु ४० अर्बको कर छली भएकाले त्यसको निराकरण गर्न सके देशमा लागेका भ्रष्टाचारका सबै धमिरा अन्त्य हुने विश्वास व्यक्त गरे।

राज्य व्यवस्था, संरचना र संयन्त्रमा क्रमशः धमिरा लाग्दै गएको बताउँदै उनले ती भ्रष्टाचार काण्डको विषयमा सशक्त रूपमा सदनमा उठाउने, सङ्घर्ष र आन्दोलनको रुपमा समेत लैजाने उल्लेख गरे। ठूला प्रशासक, ठूला व्यापारी र प्रमुख राजनीतिक दलको संरक्षणमा भएको उक्त प्रकरणमा सर्वोच्च अदालत समेतले त्रुटिपूर्ण फैसला गरी न्याय मारेको उनको आरोप थियो।

दसैँपछि राप्रपाले देशभर सङ्गठन सुदृढीकरण साथै वाइडबडी, बालुवाटार जग्गा प्रकरणजस्ता भ्रष्टाचारविरुद्ध सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .