ad ad

खेल


इराकविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने २३ सदस्यीय टोली घोषणा, को–को परे?

इराकविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने २३ सदस्यीय टोली घोषणा, को–को परे?

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ११:३०,

इराकविरुद्धको मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।

नेपालले थ्री नेसन्स कपको उपाधि जित्ने बेलाको टोलीबाट १० खेलाडीले मात्र टोलीमा स्थान बनाउनसकेका छन्।

फरवर्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा ६ जना खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्।

मिडफिल्डर कमल थापा, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलरक्षक विशाल सुनारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

फरवार्ड आशिष लामा र सुमन लामा तथा मिडफिल्डर पुजन उपरकोटी पनि टोलीमा पुनरागमन गरेका छन्।

प्रारम्भिक टोलीमा परेका फरवार्ड भरत खवास र दर्शन गुरुङ तथा डिफेन्डरद्वय रन्जित धिमाल, निशान खड्का र रवि पासवानले २३ सदस्यीय टोलीमा स्थान बनाउन सकेनन्।

यस्तै बन्द प्रशिक्षणमा परेका विवेक बस्नेत, नितिन थापा, सेसेहाङ आङदेम्बे र अमित तामाङ पनि बाहिरिए।

नेपाली राष्ट्रिय टोलीले मे २९ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खल्ने तालिका छ। त्यसपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ। नेपालले विश्वकप छनोटअन्तर्गत तीन खेल खेल्न बाँकी छ।

नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ।

२३ सदस्यीय टोली
गोलरक्षकः किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

डिफेन्डर: अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास

मिडफिल्डर: एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .