ad ad

खेल


फुटबल प्रशिक्षक तथा पूर्वखेलाडी बिल तामाङको निधन

फुटबल प्रशिक्षक तथा पूर्वखेलाडी बिल तामाङको निधन

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ११:२४,

फुटबल प्रशिक्षक तथा पूर्वखेलाडी बिल तामाङको मंगलबार पोखरामा निधन भएको छ।

सहारा एकेडेमीका प्रशिक्षक समेत रहेका तामाङको कोरोना सक्रमणका कारण आज बिहान निधन भएको हो।

सहारा क्लब हङकङका उपाध्यक्ष समेत रहेका तामाङ एएफसी ए लाइसेन्स काेर्स गर्न आएका थिए।

लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका तामाङ डेढ महिनाअघि स्वदेश फर्किएका थिए।

कोभिड संक्रमणका कारण श्वासप्रश्वासमा समस्या आएपछि उनी वैशाख २६ गते गण्डकी मेडिकल कलेजमा भर्ना भएका थिए।

तामाङको निधनले नेपाली फुटबल क्षेत्रमा अपूरणीय क्षति पुगेको सहारा क्लबले जनाएको छ।

क्लवले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘सहारा क्लब हङकङलाई स्थापनाकालदेखि नै अगाडि बढ्न र प्रगतिको सिखरमा पुग्न वहाको योगदान अतुलनीय रहेको छ र वहा सधैं हामी सम्पूर्ण सहारा परिवारको मनमा रहनुहुनेछ।’

२०५८ सालमा सहारा क्लबले पहिलो पटक क्याराभान गोल्डकप आयोजना गर्दा तामाङले नै टोलीको कप्तानी सम्हालेका थिए।

भारतको पटियालाबाट फुटबल प्रशिक्षकको कोर्स पूरा गरेका तामाङले फ्रेन्ड्स क्लब र केही समय आरसीटी क्लवबाट पनि फुटबल खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .