एएफसी कपको दक्षिण एसियाली छनोटअन्तर्गत प्ले अफ चरणको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लवले बेंगलुरु क्लबसँग खेल्दै छ।
आर्मी र बेंगलुरुबीचको खेल गोवास्थित जीएमसी रगंशालामा बुधबार साँझ साढे ७ बजे हुनेछ।
खेलका लागि आर्मीको २७ सदस्यीय फुटबल टोली आइतबार भारत गएको थियो।
त्यसअघि छनोटको पहिलो चरणको खेलमा आर्मी फुटबल क्लबले काठमाडौंको दशरथ रगंशालामा श्रीलंका पुलिस स्पोर्टस् क्लबलाई ५–१ को फराकिलो अन्तरले हराएको थियो।
आर्मीको जितमा नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, टंक बहादुर बस्नेत र सुदिल राईले एक एक गोल गरेका थिए।
एएफसी कपमा आर्मीले समूह चरण पुग्न प्लेअफका तीन खेल जित्नुपर्ने हुन्छ। एएफसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार दक्षिण एसियाको प्लेअफ छनोटबाट अघि बढ्ने टोली एएफसी कपको समूह डीमा रहनेछ।
आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल जित्नुपर्नेछ। आर्मीले बेंगलुरुलाई जितेको खण्डमा अप्रिल २१ मा प्ले अफ फाइनल खेल्नेछ।
प्रतिक्रिया