ad ad

कारोबार


एक तिहाइ पनि खर्च हुन सकेन विकास बजेट, यस्तो छ खर्च विवरण

एक तिहाइ पनि खर्च हुन सकेन विकास बजेट, यस्तो छ खर्च विवरण

नेपालखबर
बैशाख १, २०७८ बुधबार ६:१५,

बजेट आउन अब डेढ महिनामात्रै बाँकी रहँदा सरकारले विकास बजेट एक तिहाइ पनि खर्च गर्नसकेको छैन।

सरकारले चैत मसान्तसम्म २९.२२ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको हो।

चालू आर्थिक वर्षका ९ महिना सकिँदा १ खर्ब ३ अर्ब रुपैयाँ खर्च गरेको छ।

चालू आर्थिक वर्षको लागि सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ विकास बजेट विनियोजन गरेको थियो।

सरकारी आयोजनाको पूर्वतयारीविनै बजेट विनियोजन गर्दा खर्च गर्न सकिरहेको छैन।

चालू आर्थिक वर्षमा कोभिडको कारण नयाँ आयोजना बनाउन नसकिने भन्दै पुराना आयोजनालाई प्राथमिकता दिई बजेट ल्याएको थियो।

तर जेठ १५ मा ल्याएको बजेट साउन १ गतेदेखि कार्यान्वयन हुँदा पनि खर्च अवस्था निराशाजनक नै छ।

चालू आर्थिक वर्षको १४ खर्ब ७४ अर्बको बजेटमा ४६.५६ प्रतिशत खर्च गरेको छ।

हालसम्म कुल खर्च ६ खर्ब ८६ अर्ब भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

सरकारले सबैभन्दा बढी चालूतर्फ ५५.४२ प्रतिशत खर्च गरेको छ। ९ खर्ब ४८ अर्ब चालूतर्फको बजेटमध्ये ५ खर्ब २५ अर्ब रुपैयाँ खर्च गरेको हो।

वित्तीयतर्फ १ खर्ब ७२ अर्ब छुट्याएकोमा ५७ अर्ब रुपैयाँ अर्थात् ३३.३३ प्रतिशत खर्च गरेको छ।

हालसम्म सरकारले राजस्वबापत ६ खर्ब ८३ अर्ब रुपैयाँ उठाइसकेको छ।

चालू आर्थिक वर्षमा १० खर्ब ११ अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा ६७.५९ प्रतिशत राजस्व उठेको हो।

चैत ३१ गतेसम्म राजस्व, अनुदानसहित अन्य आय गरेर सरकारले ७ खर्ब २९ अर्ब रुपैयाँ उठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .