काठमाडौं मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशलाई पराजित गर्दै काठमाडौं मेयर्स ११ ले शानदार जित दर्ता गरेको छ।
काठमाडौ मेयर्स ११ ले वाग्मती प्रदेशलाई ९४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
काठमाडौले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ३४ दशमलव ३ ओभरमा १ सय ५० रन जोड्दा अलआउट भयो। पृथु बास्कोटाले सर्वाधिक ६० रनको महत्वपुर्ण योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। बागमतिका ६ ब्या्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। इसान पाण्डे र कप्तान ज्ञानेन्द्र मल्ल १७, आदिल खान १५ र पारस खड्का १० रनमा पवेलियन फर्के।
वाग्मतीलाई कम स्कोरमा रोक्न सन्दीप लामिछानेले ३ तथा विपिन खत्री र अनिल खरेलले समान २ विकेट लिए। सिद्धान्त लोहनी र कृष्ण कार्कीको नाममा एक एक विकेट रह्यो।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा बागमति प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौं मेयर्स ११ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४४ रनको योगफल तयार पारेको हो। काठमाडौका सौरभ खनाल ४९ रनमा नटआउट रहे। कप्तान सन्दीप लामिछानेले ४२ रनको योगदान दिए।
२० बलको सामना गरेका सन्दीपले ६ छक्का हाने। उत्कृष्ट बलिङ र ब्याटिङ गरेका सन्दीप खेलको प्लेयर अफ दि म्याच समेत बने। उनले ५ हजार रुपैयाँ पाए।
सिद्धान्त लोहनीले ३४, सन्दीप रजालीले ३३ र विपिन खत्रीले ३२ रन जोडे।
वाग्मती प्रदेशका नन्दन यादव एक्लैलै ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ४१ रन दिए। रामनरेश गिरी र अरियो पौडेलले समान २ तथा दिपेश श्रेष्ठले एक विकेट झारे।
प्रतिक्रिया