सर्वाेच्च अदालतले सत्तारूढ नेकपाको वैधानिकता बदर गर्दै साविक माओवादी केन्द्र र एमाले ब्युँताइदिएपछि प्रधानमन्त्री केपी ओली पक्ष खुसी देखिएको छ।
सर्वाेच्च अदालतले पहिल्यै निर्वाचन आयोगमा दर्ता ऋषि कट्टेलको नेकपालाई मान्यता दिएको फैसला परराष्ट्रमन्त्री एवं ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले खुसी हुँदै सामाजिक सञ्जालमा सेयर गरेका हुन्।
यस्तै प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पनि त्यही फैसला सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘हामी अब २०७५ जेठ २ गतेको अवस्थामा फर्केका छौं।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि त्यही फैसलाको अंश सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘सर्वाेच्चको फैसला– सबै खुसी देखिन्छन् त !’
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेयता अलग भएका नेकपाका प्रचण्ड–नेपाल र ओली दुवै समूह पार्टीको आधिकारिता आफूले पाउनुपर्ने दाबी गर्दै निर्वाचन आयोग धाइरहेका थिए भने बहुमत केन्द्रीय सदस्य प्रचण्ड–नेपाल पक्षमा रहेकाले आयोगले उसकै पक्षमा निर्णय गर्ने सम्भावना थियो।
यही बीच सर्वाेच्च अदालतले नेकपाको दर्ता नै अवैधानिक भन्ने फैसला गरेपछि स्वाभाविक रूपमा ओली पक्ष खुसी देखिएको हो।
याे पनि : सर्वोच्चले ब्युँताइदियो एमाले र माओवादी केन्द्र (पूर्णपाठ)
प्रतिक्रिया