ad ad

खेल


फिफा विश्वकप-२०२२ : युरोपका ५५ देशलाई १० समूहमा विभाजन (तालिका)

फिफा विश्वकप-२०२२ : युरोपका ५५ देशलाई १० समूहमा विभाजन (तालिका)

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ३:२०,

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियाेगिताका लागि युरोपेली राष्ट्रहरूको समूह विभाजन गरिएको छ।

जसअनुसार युरोपका ५५ देशलाई १० समूहमा विभाजन गरिएको छ। हरेक समूहको शीर्षस्थानमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन्। दोस्रो स्थानमा रहने टोलीले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट चरण पार गर्नुपर्नेछ। छनोट खेल सन् २०२१ मार्चमा सुरु हुनेछ।

समूह मा पोर्चुगल, सर्बिया, आयरल्यान्ड गणतन्त्र, लक्जेमबर्ग र अजरबैजान समूह बीमा स्पेन, स्विडेन, ग्रिस, जर्जिया र कोसोभो छन्। समूह सीमा इटाली, स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया र लिथुआनिया तथा समूह डीमा युक्रेन, फिनल्यान्ड, बोस्निया एन्ड हर्जगोभिना र काजकास्तान छन्। बेल्जियम र वेल्स चेक गणतन्त्र, बेलारुस र एस्टोनिया समूह मा छन्।

समूह एफमा डेनमार्क, अस्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड र मोल्डोभा तथा समूह जीमा नेदरल्यान्डसँगै टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया र जिब्रालटार छन्।

समूह एचमा क्रोएसिया स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस र माल्टा तथा समूह आईमा इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा र सान मारिनो रहँदा समूह जेमा जर्मनी रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया र लिक्टेन्स्टाइन छन्।

हेर्नुहाेस्, तालिका

fifa

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .