ad ad

समाज


धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ३:३५,

धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सोमबार राति धनुषाको बिरेन्द्रबजारमा बसको ठक्करबाट धनुषाको मिथिला नगरपालिका ६ ढल्केवर बस्ने ३७ वर्षीय विवेक बस्नेतको मृत्यु भएको हो।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.५ख ६१२३ नम्बरको बसले पूर्वतर्फ जाँदै गरेको ज.११ प.९५८८ नम्बरको मोटरसाइकललाई बिरेन्द्रबजारमा ठक्कर दिँदा बस्नेतको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

दुर्घटनापछि बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस्नेतको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .