ad ad

समाज


सरकारी सूचना प्रणालीमा प्रवेश गरेको आरोपमा ३ जना पक्राउ

सरकारी सूचना प्रणालीमा प्रवेश गरेको आरोपमा ३ जना पक्राउ

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ३:४६,

सरकारी सूचना प्रणालीमा अनधिकृत रुपमा प्रवेश गरी विद्युतीय अपराधमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जन र कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेका प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ।

पोखराका दुई जनाको अनुसन्धान बाँकी नै रहेकाले नाम नखुलाइएको ब्यूरोले जनाएको छ।

‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टीकृतरूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरूलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

उनीहरूले अनधिकृतरूपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेकाले अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .