रोमेलु लुकाकुको २ गोलकाे मद्दतमा बेल्जियम यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
गएराति भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमले डेनमार्कलाई ४–२ गोल अन्तरले हराएकाे हाे।
समूहकै अर्को खेलमा इग्ल्यान्डले आइसल्यान्डलाई ४–० अन्तरले फराकिलो जित दर्ता गरेको हो। अंकविहीन आइसल्यान्ड भने रेलिगेसनमा परेको छ।
बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल गर्दा युरी टिलेमान्स र केभन डी ब्रुयनले एक–एक गोल गरे।
डेनमार्कका जोनस वाइन्डले एक गोल गर्दा एक गोल उपहार पायो।
प्रतिक्रिया