ad ad

समाज


चिसो बढेपछि हिल्साका प्रहरी सिमकोट फिर्ता

चिसो बढेपछि हिल्साका प्रहरी सिमकोट फिर्ता

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ३:५६,

नेपाल-चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन्।

चिसो बढेपछि हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली सदरमुकाम फिर्ता भएको हो।

उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकी आसपासका क्षेत्रमा हिमपातपछि चिसो बढेको छ। तापक्रम माइनस डिग्रीमा झरेपछि बस्न कठिन भएको भन्दै हिल्सा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।

हिल्सा प्रहरी चौकीका प्रहरी निरीक्षक जङ्गबहादुर आलेको नेतृत्वमा रहेको १४ जनाको टोली मङ्गलबार सदरमुकाम सिमकोट आएका हुन्। यसअघि सुनखानीमा रहेको प्रहरीचौकी कात्तिक महिनामै सदरमुकाम सिमकोट फिर्ता भइसकेको थियो।

चिसोका कारण सदरमुकाम सिमकोट गएका प्रहरी आगामी जेठमा पुनः हिल्सा नै फर्कने छन्। तर, हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) टोली चिसो बढे पनि सीमा सुरक्षामै खटिँदै छन्।

सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेका २२ जनाको टोली हिल्सामै बस्ने भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .