ad ad

खेल


ग्लोबल क्यानडा टि–२०ः सन्दीप नभएको खेलमा टोरोन्टो पराजित

ग्लोबल क्यानडा टि–२०ः सन्दीप नभएको खेलमा टोरोन्टो पराजित

नेपालखबर
साउन १०, २०७६ शुक्रबार १२:६,

सन्दीप भने राष्ट्रिय टोलीबाट सिंगापुरमा टि–२० विश्वकपको एसिया छनौट खेलिरहेकाले उद्घाटन खेलमा उपस्थित हुन सकेनन्। टोरोन्टोलाई भेन्कुवर नाइट्सले ८ विकेटले पराजित गरेको हो।

नेशनलले दिएको १ सय ६० रनको लक्ष्य नाइट्सले १६ बल अगाडी २ विकेटको क्षतिमा पुरा गर्यो। नाइट्सका लागि दक्षिण अफ्रिका रस्सी भान डर दुसेनले ४३ बलमा ४ चौका र ३ छक्का सहित ६५ रन तथा चाडविक वाल्टनले पनि ३५ बलमा ५९ रनको आक्रामक पारी खेले।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेशनलले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो।

उसका लागि विकेटकीपर हेनरिक क्वालासेन २० बलमा ४ छक्का र २ चौका सहित आक्रमक ४१ रन जोडेका थिए। कप्तान युवराज सिंहले २७ बलमा १४ रनमात्रै जोड्न सके।

सिंगापुरमा एसिया छनौट खेलेपछि सन्दीप उतैबाट क्यानडा प्रस्थान गर्नेछन्। सन्दीपलाई टोरोन्टो नेशनल्सले यस सिजनमा ६० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको थियो।

यस्तै सन्दीपसँगै नेपालका सोमपाल कामीलाई पनि विनिपेग हक्सबाट ग्लोबल टि–२० खेलिरहेका छन्। सोमपाललाई विनिपेगले ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .