ad ad

कारोबार


ओर्विट मेडिकल इन्ट्रान्सका विद्यार्थीलाई प्रभु बैंकमा सहुलियत

ओर्विट मेडिकल इन्ट्रान्सका विद्यार्थीलाई प्रभु बैंकमा सहुलियत

नेपालखबर
साउन १०, २०७६ शुक्रबार १२:५,

प्रभु बैंक लिमिटेड र ओर्विट मेडिकल इन्ट्रान्स प्रालिबीच एक सहमति पत्रमा हस्ताक्षर भएको छ। उक्त सहमति पत्र अनुसार ओर्विट मेडिकल इन्ट्रान्स प्रालिको प्रभु बैक लि.आधिकारीक बैंक भएको छ।

सो कम्पनीसँग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट शिफारिश भइ आएका उच्च शिक्षा हाशिल गर्न विदेश जाने बिद्यार्थीहरुले बैंकको सबै शाखाहरुबाट नगद जम्मा गर्ने, विदेशी मुद्रा सटही सुविधा, स्विफ्ट, अनलाइन पेमेन्ट, ड्राप्फ्ट आदिका माध्यमबाट गरिने आइईएलटीएस, टोफेल, पीटीई, सीएई, एसएटी, जीआरई, जीएमएटी, ट्युसन फि आदि शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने र शैक्षिक कर्जा आवश्यक परेमा सर्व सुलभ तरिकाबाट कर्जा उपलब्ध गराइने उल्लेख छ।

सो कार्यलाई अझ सुव्यवस्थित गर्नको लागि बैंकको कमलादी शाखालाई मुख्य सम्पर्क केन्द्र तोकिएको छ। बैंकको उक्त कार्यबाट धैरे भन्दा धैरे विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरु तथा तिनका आश्रीतहरु लाभान्भित हुने अपेक्षा गरीएको छ।

उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा ओर्विटका तर्फबाट कम्पनीका प्रवन्ध संचालक सुनिल रेग्मीले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .