फरवार्ड सन ह्युङ मिनको ह्याट्रिक मद्धतमा प्रिमियर लिगमा टोटेनहम हट्सपरले साउथ ह्याम्पटनविरुद्ध फराकिलो जित दर्ता गरेको छ।
आइतबार राति साउथह्याम्पटनको मैदानमा टोटेनहमले पहिलो जित हात पार्ने क्रममा ५–२ को नतिजा निकालेको हो।
पहिलो हाफमा १–१ गोलको बराबरी भएको खेलमा बाँकी सबै गोल दोस्रो हाफमा सम्भव भयो।
साउन कोरियाका फरवार्ड सनले ह्याट्रिकसहित ४ गोल गरे। उनको सबै गोलमा फरवार्ड ह्यारी केनले असिस्ट दिएका थिए। केनले पनि १ गोल थपे।
प्रतिक्रिया