ad ad

समाज


स्याङ्जामा एकैदिन ४८ जना पक्राउ

स्याङ्जामा एकैदिन ४८ जना पक्राउ

नेपालखबर
असोज ४, २०७७ आइतबार १५:१३,

स्याङ्जामा एकैदिन विभिन्न मुद्दाका फरार प्रतिवादी ४८ जना पक्राउ परेका छन्। आइतबार जिल्लाभर एकसाथ गरिएको अप्रेसनबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए।

पक्राउ पर्नेमा २३ वर्षदेखि फरार रहेका व्यक्ति समेत छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले कर्तव्यज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको हो।

पक्राउ परेका अभियुक्तहरुलाई आइतबार नै जिल्ला अदालत स्याङ्जामा उपस्थित गराएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले बताए।

हाडनाता करणीको मुद्दामा २ वर्ष कैद तोकिएका हरिनाश गाउँपालिका ५ का ६४ वर्षीय कर्णबहादुर भट्टक्षेत्री पनि पक्राउ परेका छन्। उनी २३ वर्षदेखि फरार थिए।
यस्तै सवारी ज्यान मुद्दामा २ बर्ष कैद तोकिएका चापाकोट नगरपालिका ४ का ४५ वर्षीय भक्त सुनारी मगर, डाँका मुद्दामा ६ वर्ष कैद तोकिएका हरिनास गाउँपालिका ६२ वर्षीय लालबहादुर नाम्जाली पनि पक्राउ परेका छन्।

भक्त १५ वर्षदेखि र लालबहादुर १० वर्षदेखि फरार रहँदै आएका थिए। उनीहरुलाई कैद भुक्तानका लागि अदालतले कारागार कार्यालय स्याङ्जामा पठाउन आदेश दिएको छ।

जिल्लामा फरार अपराधिको संख्या निक्कै रहेको र यसले समाजमा शान्ति सुरक्षाप्रति प्रस्न उठ्ने भएकाले यसविरुद्ध अभियाननै चलाउने एसपी बोगटीले बताए। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एसपी बोगटी गएपछिका २५ दिनमा ८३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। 

‘फरार प्रतिवादी नपक्रदा समाजमा अपराध मौलाउँछ, अपराधिको मनोबल बढ्छ’, एसपी बोगटीले भने, ‘ढिलै भएपनि अपराधिलाई पक्राउ गर्दा एकातिर कानुन कार्यनवयन हुन्छ भने नागरिकले पनि शान्ति सुरक्षाको महशुस गर्न सक्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .