पृथ्वीबाट सबैभन्दा नजिकमा रहेको ग्रह हो शुक्र। हालै रुसका एक अधिकारीले यसलाई ‘रुसी ग्रह’ भनेका छन्।
रुसी अन्तरीक्ष संस्था रस्कस्मसका प्रमुख दिमित्री रोगोजिनले शुक्र ग्रहमा रुसले आफ्नै यान पठाउने घोषणा गरे। रुस र अमेरिकाले संयुक्त पनि एउटा यान पठाउने योजना बनाएका छन्।
‘शुक्र ग्रहको अन्वेषण सुरु गर्नु हाम्रो एजेन्डा हो,’ रोगोजिनले एक प्रदर्शनीमा भने, ‘हामी शुक्र लाई रुसी ग्रह ठान्छौँ। त्यसैले हामी पछि रहन सक्दैनौँ।’
उनको यो भनाइ पृथ्वीमा पाइने फोस्फिन नामक ग्यास शुक्रको वायुमण्डलमा पनि पाइने खबर सार्वजनिक भएलगत्तै आएको हो।
कतिपयले रोगोजिनको भनाइलाई शुक्रमाथिको रुसी दाबीका रुपमा समेत हेरेका छन्।
शुक्र ग्रहको आकार झण्डै पृथ्वीजत्रै छ। यद्यपि अन्यको भन्दा उल्टो दिशाबाट यसले सूर्यको परिक्रमा गर्छ। एजेन्सी
प्रतिक्रिया