कोरोना भाइरसको महामारीको कारण आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिविया बीचको त्रिकोणात्मक सिरिज स्थगित भएको छ। नेपालको अवे सिरिज अन्तर्गत स्कटल्याण्डमा आगामी ४ जुलाइ देखि ११ सम्मका लागि तय सिरिज स्थगित गरेको क्रिकेट स्कटल्याण्डले जनाएको छ।
क्रिकेट स्कटल्याण्डले यो कठिन समयमा प्रतियोगिता गराउन नसक्ने भन्दै अन्तर्राािष्टय क्रिकेट परिषद् (आईसीसी)मा जानकारी गराएको थियो।
यसअघि नेपालले २० अप्रिलदेखि २७ सम्म नामिबियामा हुने त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेल्ने तय भएको सिरिज पनि कोरोना कै कारण स्थगित भएको थियो। त्यस्तै, जुन दोस्रो सातामा पपुवा न्युगिनीमा संयुक्त अरब इमिरेट्स युएईसँग खेल्ने त्रिकोणात्मक सिरिज पनि सरेको थियो।
पहिलो सिरिज अन्र्तगत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग खेलिसकेको छ।
प्रतिक्रिया