कोरोना भाइरसका कारणले विश्वभर फुटबल ठप्प छ। जसको असर खेलाडीको कमाइमा पनि पर्ने भएको छ। कतिपय क्लबले खेलाडीको तलब घटाउने भएका छन्।
इटलीको युभेन्टस क्लबका खेलाडीले पनि चार महिनाबराबरको तलब नलिने भएका छन्।
प्रशिक्षक मौरिजियो सारी तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहितका खेलाडीले क्लबलाई सघाउने सो अवधिको तलब नलिने भएका हुन्। जुन रकम १० करोड डलर हुन आउँछ।
१० हजार बढीको ज्यान गएको इटलीमा अप्रिल ३ सम्मका लागि सबै खेल बन्द गरिएको छ। एजेन्सी
प्रतिक्रिया