कोरोना भाइरससँग जुध्न चीनले मास्क, भेन्टिलेटर, प्रोटेक्टिभ कपडासहितका सामग्री पठाएको जनाएको छ।
काठमाडौँस्थित चिनियाँ दूतावासले जनाएअनुसारआइतबार बिहान काठमाडौँ आइपुगेका सहयोग सामग्रीमा २४ हजार डिस्पोजेबल सर्जिकल मास्क, २० हजार डिस्पोजेबल मास्क, २ हजार एन९५ मास्क, ५ सय प्रोटेक्टिभ गगल्स, १ सय इन्फ्रारेड थर्मोमिटर, १ सय इयर थर्मोमिटर र ४ सय बक्स क्लोरोक्वाइन छ।
त्यस्तै ५३० प्रोटेक्टिभ कपडा, र एक पोर्टेबल भेन्टिलेटर पनि काठमाडौँ आइपुगेको दूतावासले जनाएको छ।
ती सामग्री नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी थिइन्।
यो सहयोग चेङ्दु सहर, सिचुवानस्थित प्रान्तीय लगानी समूह र चिनियाँ दूतावसले गरेको जनाइएको छ।
त्यस्तै ज्याक मा फाउन्डेसनले सहयोग गरेको १ लाख एन९५ मास्क पनि सोही विमानमा आइपुगेको छ।
आगामी दिनमा २ हजार कोरोना टेस्ट किटसहितका सामग्री आउने दूतावासको भनाइ छ।
प्रतिक्रिया