ad ad

खेल


युरोकप-२०२४ को उद्घाटन खेलमा आयोजक जर्मनी र स्कटल्यान्ड भिड्ने, यस्तो छ समूह विभाजन (सूची)

युरोकप-२०२४ को उद्घाटन खेलमा आयोजक जर्मनी र स्कटल्यान्ड भिड्ने, यस्तो छ समूह विभाजन (सूची)

नेपालखबर
मंसिर १७, २०८० आइतबार १२:१८, काठमाडौँ

युरोकप २०२४ को उद्घाटन खेलमा स्कटल्यान्डले आयोजक जर्मनीको सामना गर्ने भएको छ। 

शनिबार राति जर्मनीको ह्यामवर्ग सहरमा भएको समूह विभाजनमा समूह मा स्कटल्यान्ड र जर्मनीसँगै हंगेरी र स्विट्जरल्यान्डले स्थान बनाएका छन्। 

स्कटल्यान्डले एलियन्ज एरिना म्युनिखमा आगामी जुन १४ मा जर्मनीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ। 

युरो २०२० को फाइनलिस्ट इंगल्यान्डले १६ जुनमा सर्वियासँग खेल्ने तालिका छ। 

साविक विजेता इटाली भने स्पेन, क्रोएसिया र अल्वानिया रहेको समूह बीमा छ। 

२४ टोलीलाई चारवटा पटमा राखेर समूह विभाजन गरिएको थियो। 

आयोजक जर्मनी छनोटमा सहभागी नभए पनि समूह मा आफ्नो स्थान बनाइसकेको थियो। 

समूह एफमा रहेको चेक रिपब्लिका र पोर्चुगल सन् २००८ पछि एकै समूहमा परेका हुन्।

अरु टोलीका लागि भने ड्रबाट आफ्नो समूह र समूहमा रहेका टोलीको टुंगो लागेको छ। थप तीन टोलीको भने नेसन्स लिग प्लेअफ बाट टुंगो लाग्न बाँकी छ।

समूह विभाजन 
समूह ए : जर्मनी, स्कटल्यान्ड, हंगेरी र स्विट्जरल्यान्ड 

समूह बी : स्पेन, क्रोएसिया, इटाली र अल्बानिया

समूह सी : स्लोभाकिया, डेनमार्क, सर्बिया र इंगल्यान्ड

समूह डी : नेदरल्यान्ड, अस्ट्रिया, फ्रान्स र प्लेअफ को विजेता 

समूह ई : बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेफ बीको विजेता

समूह एफ : टर्की, पोर्चुगल, चेक रिपब्लिका र प्ले अफ सीको विजेता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .