ad ad

राजनीति


दुर्गा प्रसाईंले ‘राजा’कै हातबाट दियो बालेर ‘सनातन धर्मसापेक्ष राष्ट्र’ घोषणा गर्ने

दुर्गा प्रसाईंले ‘राजा’कै हातबाट दियो बालेर ‘सनातन धर्मसापेक्ष राष्ट्र’ घोषणा गर्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर १७, २०८० आइतबार ११:५१, काठमाडौँ

मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का अध्यक्ष दुर्गा प्रसाईंले यही मंसिर ३० गतेभित्र ‘नागरिक सरकार’ गठन गरी गाउँदेखि केन्द्रसम्म विस्तार गरिने दाबी गरेका छन्। 

आज (आइतबार) बिहान पत्रकार सम्मेलन गरी प्रसाईंले नागरिक सरकार गठनको मिति घोषणा गरेका हुन्। 

प्रसाईंले पत्रकार सम्मेलनमा प्रसाईंले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने पनि दाबी गरे।

‘वैदिक सनातन सापेक्ष मुलुक बनाई देसमा शान्ति र अक्षूण राख्न राजसंस्थाको मुद्दालाई थप स्थापित गराउने छौँ’, उनले भने, ‘फागुन १ गते मेचीमा बालेको दियो काठमाडौँको वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाई यो जनविद्रोह सशक्त बनाउँदै व्यवस्था परिवर्तनका लागि मूर्त रूप दिनेछौँ।’ 

फागुन १ बाट व्यवस्था परिवर्तनको आन्दोलनले गति लिने दाबी प्रसाईंले गरेका छन्। 

प्रसाईंले राजतन्त्रको वकालत गरिरहे पनि यही मंसिर ७ गते काठमाडौँको बल्खुमा उनको समूहले आयोजना गरेको कार्यक्रममा राजधानीमै रहेर पनि पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .