ad ad

खेल


ए डिभिजन लिगमा सरस्वतीको पहिलो जित, रेलिगेसनको खतरा कायमै

ए डिभिजन लिगमा सरस्वतीको पहिलो जित, रेलिगेसनको खतरा कायमै

नेपालखबर
माघ १४, २०७६ मंगलबार ९:४,

रेलिगेसनको खतरामा रहेको सरस्वती क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ। क्लब जारी लिगको अंक तालिकाको पुछारमा रहेको छ। सरस्वतीको पहिलो जितसँगै पुछारमा रहेका अन्य टोलीमाथि दबाब बढेको छ।

सरस्वतीले १२औं स्थानमा रहेको यति हिमालयन शेर्पालाई मंगलबार ४–३ ले हराएको हो तर पुछारबाट भने उम्किन सकेन। ५ अंकसहित नेपाल एपीएफ १३औँ स्थानमा रहँदा सरस्वतीको ४ अंक पुगेको छ। सरस्वतीले यसअघि एउटा खेलमा बराबरी गरेको थियो। जारी लिगमा १४ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा सरस्वतीलाई जित दिलाउन काजिम बुसारीले २, विनोद केसी र मनिष थापाले १÷१ गोल गरे। शेर्पाका लागि आशिष गुरुङ, विजय श्रेष्ठ र रवि थापाले समान १÷१ गोल फर्काए। खेलको पाँचौैँ मिनेटमा बुसारीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाए।

निशान माझीको क्रसमा विनोद केसीले प्रहार गरे पनि शेर्पाका कप्तान मान बहादुर तामाङले ब्लक गरेपछि पूर्ण बहादुर श्रेष्ठको क्रसमा बुसारीले गोल गरेका हुन्।

१०औं मिनेटमा आशिष गुरुङले गोल गर्दै शेर्पालाई बराबरीमा ल्याए। २०औं मिनेटमा शेर्पाका गोलरक्षक किशोर गिरीले सरस्वतीको प्रहारलाई मुस्किलले पञ्च गर्दै बचाए।

३५औं मिनेटमा विनोद केसीले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता दिलाएको खेलमा ४५औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए।

८४औं मिनेटमा काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई ३–२ को अग्रता दिलाए। निशान माझीको कर्नरमा बुसारीले हेडमार्फत गोल गर्न सफल भए। ८८औं मिनेटमा मनिष थापाले गोल गर्दै सरस्वतीलाई ४–२ ले अघि बढाए।

इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा रवि थापाले गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए। ९ खेलमा १ जित र ४ खेलमा बराबरी गरेको शेर्पाको ७ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .