ad ad

राजनीति


सैनिकका टुहुरा बालबालिकालाई नेपाली सेनाले १२ कक्षासम्म पढाइदिने

सैनिकका टुहुरा बालबालिकालाई नेपाली सेनाले १२ कक्षासम्म पढाइदिने

नेपालखबर
माघ १४, २०७६ मंगलबार ९:२६,

नेपाली सेनाले हितधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निः शुल्क अध्ययन गराउने भएको छ।

दाङको घोराही तथा सुर्खेतमा आयोजित सम्मेलनमा प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरुमा हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि १२ सम्म निःशुल्क अध्ययन गराउने कार्यक्रम अघि बढेको बताए। शिक्षाको पहुँचबाट बञ्चित नहुन् भनेर आगामी शैक्षिक सत्रबाट नै लागु हुनेगरी हिताधिकारी मध्ये श्रीमान् तथा श्रीमती दुबैको मृत्यु भइ टुहुरा भएका बालबालिकाहरुका लगि उक्त अवसर प्रदान गरिने उनले बताए।

प्रधानसेनापति थापाले स्वरोजगार कार्यक्रम अन्तर्गत सैनिक श्रीमती संघको पहलमा व्यवसायिक तालिम केन्द्र छाउनीबाट सुरु भएको सीपमुलक कार्यक्रम प्रितनातहसम्म यही वर्षबाट विस्तार गरिएको बताए। नेपाली सेनाले सैनिक दिवसका अवशरमा काठमाडौं उपत्यकाबाट सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ।

बजारमूल्य भन्दा १० देखि १९ प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने योजना सेनाले लिएको छ। नेपाली सेनाले लमजुङको बेसिसहरमा स्थापना गरेको नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिमकेन्द्रमा पिजेटिए र भिजेटिएका अतिरिक्त अन्य छोटो अवधिका तालिम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबाट सम्बन्धन प्राप्त गरेको थापाले बताए।

नेपाली सेनाले उद्यमशिलता कर्जा कार्यक्रम पनि सुरु गरेको छ। नेपाल इन्भेष्टमेण्ट बैंकसँगको सहकार्य गरी सेनाले बढीमा १५ लाखसम्म कर्जा लिन मिल्ने व्यवस्था गरेको हो। भूतपूर्व सैनिक श्रीमती, एकल महिला तथा अविवाहित छोरीलाई बढीमा ५ वर्षका लागि ३ दशमलव ९८ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ।

भूपू सैनिक नन्दबहादुर चन्दले सम्मेलनलाई पुराना सहपाठीहरुसँगको भेटघाट गर्ने थलोका रुपमा लिएका छन्। सैनिक कार्यकारी बोर्डले भूपूहरुलाई सहयोग गरेको र सम्मेलनबाट लघुवित्तदेखि औषधि उपचारसम्मको सहयोग प्राप्त भएको उनले बताए। चन्दले नेपाली सेनामा २९ वर्ष सेवा गरेका थिए।

भूपू सैनिकका श्रीमती धनिसरा बारबराईले नयाँ घर बनाउन र व्यवसाय सञ्चालनका लागि ऋण माग्न सम्मेलनमा सहभागि भएको बताइन्। ऋण लिने प्रकृया, कति व्याजदरमा ऋण पाइन्छ भन्ने आपुूलाई कुनै जानकारी नभएको तर छोराहरुले ऋण माग्न भनेपछि सम्मेलनमा आएको उनले बताइन्।

प्रधान सेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट सुरु भएको हो। सम्मेलनका क्रममा स्वास्थ्य उपचार सेवा, सहभागिलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका ऋणिहरुलाई चेक हस्तान्तरण, उत्कृष्ठ व्यवसायीलाई पुरस्कार तथा जेष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .