ad ad

खेल


एमबाप्पेको सानदार प्रदर्शनमा पीएसजीको जित

एमबाप्पेको सानदार प्रदर्शनमा पीएसजीको जित

नेपालखबर
बैशाख ३१, २०८० आइतबार ११:४५, काठमाडौँ

केलियन एमबाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकाल्दै उपाधि सम्भावना बलियो बनाएको छ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीले एजासियोलाई ५-० गोल अन्तरले पाखा लगाउँदै उपाधि सम्भावना बलियो बनाएको हो।

घरेलु मैदानमा नै १० खेलाडीमा समेटिएको पीएसजीको जितका लागि एमबाप्पेले दुई तथा फावियन रुइज र अचरफ हाकिनीले एक एक गोल गरे। एक गोल उपहार पायो।

खेलको २२औं मिनेटमा फावियन रुइजको गोलमा पिएसजीले सुरुवाती अग्रता बनाएको थियो। ३३औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे।

४७औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पीएसजीलाई ३-० को अग्रता दिलाए। ५४औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। खेलको ७३ औं मिनेटमा युसोउफले आत्मघाति गोल गरेपछि पीएसजीले ५-० को अग्रता बनाएको थियो।

खेलको ७७ औं मिनेटमा हाकीमीले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि पीएसजी १० खेलाडीमा सिमित बन्यो। खेलको ८०औं मिनेटमा एजारियोका थोमस मनगानी सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।

अनुमतिबिना साउदी अरबको भ्रमण गरेपछि निलम्बनमा परेका लियोनल मेस्सीले खेलमा पूनरागमन गरेपछिको खेलमा मेस्सीले पूरै ९० मिनेट मैदानमा बिताएका थिए। साउदीको भ्रमणपछि मेस्सी दुई साता निलम्बनमा परेका थिए।  

११ औं पटक फ्रेन्च लिग १ को उपाधि जित्नका लागि अब पिएसजीलाई मात्र चार अंकको आवश्यक्ता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .