ad ad

कला


नीरफूलको कथा : भत्किएका संरचना बने, सम्बन्धको पूनर्निर्माण कहिले? (ट्रेलर)

नीरफूलको कथा : भत्किएका संरचना बने, सम्बन्धको पूनर्निर्माण कहिले? (ट्रेलर)

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १२:०, काठमाडौँ

नेपाली फिल्म ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ। आगामी जेठ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा २०७२ को महाभूकम्प र त्यसका कारण आफन्त गुमाएका परिवारको कथा समेटिएको छ।

फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी लगायतका कलाकारले अभिनय गरेका छन्। फूलमान बलको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष देखाईएको छ।

निर्देशक बलले भूकम्पले भत्काएका मनहरुलाई ‘नीरफूल’ मार्फत जोड्ने प्रयास गर्न खोजेको बताएका छन्। उनले भने, ‘भूकम्पपछि भौतिक पुनर्निर्माण त भयो, तर भत्किएका सम्बन्धहरुको पूनर्निर्माण अझै बाँकी छ। नीरफूल तिनै भत्किएका सम्बन्धहरुको सानो कथा हो ।’

धादिङको रुबी भ्याली, रसुवाको स्याफ्रुबेँसीसँगै काठमाडौँमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा देखिनेछिन्। सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले छायांकन गरेका हुन्। फिल्ममा निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .