ad ad

समाज


भारतमा शक्तिशाली सामुद्रिक आँधीको आतंक, सतर्क रहन ‘अलर्ट’ जारी

भारतमा शक्तिशाली सामुद्रिक आँधीको आतंक, सतर्क रहन ‘अलर्ट’ जारी

चक्रवातबाट सावधान रहन माइकिङ गरिँदै। तस्बिर : एएनआई


नेपालखबर
बैशाख ३१, २०८० आइतबार १२:५, काठमाडौँ

बंगालको खाडीमा विकसित ‘मोखा’ नामको चक्रवात (सामुद्रिक आँधी) तीव्र गतिमा सशक्त बन्दै गइरहेको जानकारी दिँदै भारतका नागरिकलाई सतर्कता अपनाउन त्यहाँको मौसम विभागले चेतावनी जारी गरेको छ। 

भारतीय मौसम विज्ञान विभागका अनुसार आज (आइतबार) दिउँसो बंगलादेशको कक्सबजार र म्यानमारको सिटवे बीचको तटीय क्षेत्रमा चक्रवात ठोक्किने सम्भावना छ।

आइतबार बिहान साढे २ बजे उक्त आँधीको केन्द्रबिन्दु १८ दशमलव ३ डिग्री उत्तर अक्षांश र ९१ दशमलव ३ देशान्तरमा बंगालको खाडीमा रहेको भारतीय मौसम विभागले जनाएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार बंगालको खाडीसँग सीमा जोडिएका भारतीय राज्यहरूले यस आँधीबारे आफ्ना नागरिकलाई होसियार रहन सुझाव दिएका छन्।

समाचारअनुसार पश्चिम बंगालका २४ परगना जिल्लाको बक्खली समुद्री तटमा सिभिल डिफेन्सको टोली तैनाथ गरिएको छ। टोलीले सर्वसाधारण र पर्यटकलाई सतर्क रहन र समुद्र तटमा नआउन आग्रह गरेको छ।

यो आँधी बंगालको खाडीबाट बंगलादेश र म्यानमारतर्फ सर्दै छ। जसमा प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा हावाहुरी चल्ने र भारी वर्षाको सम्भावना छ।

भारतीय मौसम विभागले यसअघि नै रेड अलर्ट जारी गरेको थियो। मिजोरम, त्रिपुरा र मणिपुरका जनतालाई सतर्क रहन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .